निर्वाचनमा जुट्न एमाले अध्यक्ष ओलीको आग्रह
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले जनताको ठूलो त्याग र बलिदानबाट ल्याइएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवाद समेत दिनुभयो । संसद् विघटन गरी नयाँ जनादेशमा जान निर्वाचनको मिति तोक्नु प्रतिगमन नभएको उहाँले जिकिर गर्नुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्