तपाईँ सुन्दै हुनुहुन्छः

झापाको हल्दिवारीमा चट्याङ लागेर पाँच वटा सुँगुर मरे

भद्रपुर, झापा । झापाको हल्दिवारीमा गए राति पानीसँगै परेको चट्याङ लागेर पाँच वटा सुँगुर मरेका छन् । 

चट्याङ लागेर गए राति ११ बजेतिर चार वटा ठुला माउ र एउटा बच्चा गरी पाँच वटा सुँगुर मरेको हल्दिवारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक फडिन्द्र अधिकारीले जानकारी दिनुभयो । 

हल्दिवारी गाउँपालिका– ५ कञ्चनश्री बजारनजिकै रहेको केरुङ कृषि फर्मभित्र पालिएको सुँगुर मर्दा एक लाख मूल्य बराबरको क्षति भएको वडाध्यक्ष खड्गप्रसाद लावतीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button