तपाईँ सुन्दै हुनुहुन्छः

गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा

बागलुङ । बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटे खोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो  । 

बुधवार साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटे खोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको हो । बाढीको त्रासले स्थानीयवासी रातभर जागराम बसेका थिए । नकटे खोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो  । 

बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको छ । रातभर स्थानीयवासीको प्रयास र उपकरण प्रयोग गरी बाढी तर्काउने प्रयास गरिएको थियो अन्यथा बजार नै डुबानमा पर्ने खतरा रहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

नरेठाँटी बजारमाथि जसपुरमा पहिरो गएपछि आएको बाढी बजारमा पसेका कारण केही घरमा क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button