खोला तर्न बनाइएको अस्थायी संरचना बगायो

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची ११ फट्टेमा खोला तर्न ढल माथि माटो हाली बनाइएको अस्थायी संरचनाको माटो बगाएको छ ।यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका ६ वडाका नागरिक प्रभावित भएका छन् ।
यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँच पोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन् ।मेलम्ची नगरपालिकाले सकभर वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ ।गत असार १ को बाढीले यहाँको पुलहरू बगाएको थियो।







प्रतिक्रिया राख्नुहोस्