आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आत्महत्या दुरुत्साहन मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाले २०७७ पुस ३ गते आत्महत्या दुरुत्साहन मुद्दामा सजाय तथा जरिवानाको फैसला तोकेको वालिङ नगरपालिका वडा नं.७ केवरेका २६ वर्षीय रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापालाई अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा १ बर्ष ५ महिना ७ दिन कैद र पच्चिस हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
उनी अदालतले दोषी प्रमाणित गरी सजाय तोकेसँगै थापा फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा वालिङबाट पक्राउ गरी आवश्यक कारबाहीको लागी अदालत पेश गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्