वाडध्यक्षको घोषणा: पाँच वर्षभित्र एक लाख विरुवा हुर्काउने
भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिका, वडा नम्बर ४ ले पाँच वर्षभित्र एक लाख विरुवा हुर्काउने लक्ष्यसहित बृक्षारोपण सुरु गरेको छ ।
आइतबार विश्व वातावरण दिवसको अवसर पारेर एक लाख विरुवा हुर्काउने लक्ष्यसहित वडा नम्बर ४ ले आलडाँगीमा एक कार्यक्रमको आयोजना गरेर २ हजार विभिन्न प्रजातिका विरुवाको रोपण सुरु गरेको हो ।
प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ हजार वटा विभिन्न प्रजातिका फुल्ने विरुवा रोपिएको थियो ।
वडालाई पाँच बर्षभित्रमा फूलको सहर बनाउने उद्देश्यले विभिन्न स्थानमा एकलाख विरुवा रोपण गरिने वडाध्यक्ष अर्जुनकुमार कार्कीले घोषणा गर्नुभयो ।
कार्यक्रमका लागि बनाइएको मञ्चमा अतिथिहरुलाई पराल र खोसेलाको पीराको व्यवस्था गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्