भानुको ढाँडफेदीमा खोलाले बगाएर ६० वर्षीय गुरुङ बेपत्ता
तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ११ ढाँडफेदीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।
सोमबार बिहान पौने १० बजेको समयमा ढाँडखोलाले बगाउँदा ६० वर्षीय चन्द्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गुरुङ खोला तर्ने क्रममा बेपत्ता भएका हुन् ।
गुरुङको खोजी कार्य भइरहेको छ घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटना स्थल पुगेको समेत जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्