तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारुको मृत्यु भएको हो । 

काम गरेर घर फर्किँदै गरेको अवस्थामा थारुलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । 

चट्याङ लागेर घाइते भएका थारुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको पाठकले बताउनुभयो । पाठकका अनुसार चट्याङबाट थारुको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button