तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा घाइते भएका महतोको उपचारका क्रममा मृत्यु 

बारा  । बारामा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

बाराको पिलुवा कलैया सडक खण्डमा मोटरसाइकल कुकुरसँग ठोक्किएर दुर्घटना हुँदा घाइते भएका कलैया उपमहानगरपालिकाका जयमंगल महतोे शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो  । 

कलैया उपमहानगरपालिका वडा नम्बर २४ स्थित पिलुवा कलैया सडक खण्डमा पिलुवाबाट कलैयातर्फ आउँदै गरेको ना.५१ प ६००२ नम्बरको मोटरसाइकल जेठ १५ गते बाटो क्रस गर्दै गरेको कुकुरसँग ठोक्किएको थियो ।

प्रहरी चौकी जैतापुरका अनुसार कुकुरसँग ठोक्किएपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कलैया वडा नम्बर २४ बेलवाडी निवासी ३५ वर्षीय जयमंगल महतो टाउकोमा चोट लागी बेहोस भएका थिए । 

प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि न्युरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा शनिवार राति ८ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button