तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाका विभिन्न क्षेत्र डुबानमा

मकवानपुर । शनिबार दिउँसो भएको वर्षाका कारण हेटौँडाको बसपार्क लगायत विभिन्न क्षेत्र डुबानमा परेका छन् । हेटौँडा उपमहानगरपालिका–१० स्थित बस पार्क, मेन रोड, पिप्ले लगायतका क्षेत्र डुबानमा परेका हुन् ।

भारी वर्षाले हेटौँडा–१० स्थित, बसपार्क, टेम्पोपार्क, खसी बजार, हंकङ बजार, हेटौँडा–५, स्थित पिप्ले, सानो पोखरा तथा पिप्ले रङ्गशाला लगायतका क्षेत्र जलमग्न भए ।

ढल र पानी बग्ने निकास नभएकाले केही समय परेको पानीले यी क्षेत्रमा वर्षेनी यस्ता समस्या आउने गरेको छ । बागमती प्रदेशको राजधानीका रुपमा रहेको हेटौँडाका स्थानीयले वर्षौँदेखि समस्या भोगिरहे पनि प्रदेश सरकार र स्थानीय तहले ध्यान दिन सकेका छैनन् ।

भारी वर्षाको कारण पिप्ले रङ्गशालामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल समेत प्रभावित बनेको छ ।

प्रतियोगिता अन्तरगत आज सशस्त्र प्रहरीको एपिएफ क्लब र फ्रेन्डस क्लबबिचको खेल प्रभावित बनेको हो । आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घले आजको खेल भोलि बिहान साँढे ८ बजे हुने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button