जिल्ला समन्वय समिति अछामको प्रमुखमा काँग्रेसका कुँवर विजयी

अछाम । जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेस –माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली काँग्रेसका ललित बहादुर विजयी विजयी हुनुभएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मङ्गलसेन नगरपालिका वडा नम्बर ६ का दुर्गा प्रसाद भण्डारीले ६ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसका दानमति बम शाहीले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका पुतलीदेवि रावलले ६ मत ल्याउनुभयो ।
सदस्यहरूमा नेपाली काँग्रेसका चक्रा कुमारी रावल, लक्ष्मी स्वर्णकार, सीता भण्डारी, द्वारिका प्रसाद उपाध्याय, नरेन्द्र बहादुर कुवर र पूर्ण बहादुर रावल तथा दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित सदस्यमा नेकपा एमालेका उम्मेदवारले गठबन्धनको १ मत प्राप्त गर्न सफल हुनुभएको छ । एमालेको ६ मत भए पनि एमाले उम्मेदवार सुरत कामीले ७ मत प्राप्त गरेका छ ।
१० पालिकाका २० मत रहेको अछाममा १८ मत मात्रै खसेको थियो । २० मत मध्ये काँग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्