तपाईँ सुन्दै हुनुहुन्छः

डिप्रोक्स लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पोखरा । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेखनाथ शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । पावर हाउस शैनिक रेस्टुरेन्टको सभा हलमा शनिवार सम्पन्न कार्यक्रमले विभिन्न वित्तीय सम्बन्धी ज्ञान प्रवाह गराएको थियो ।

लघुवित्त वित्तीय संस्थाले महिला सशक्तीकरण तथा गरिबी निवारणमा सहयोग गर्ने, विना धितो कर्जा लगानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन गर्ने, बचत गर्ने बानीको विकास गर्ने आदि कार्यमा टेवा पुर्‍याएको उक्त कार्यक्रमका प्रदेश प्रमुख जमीरी राय यादव, अनुगमन अधिकृत नीलराज ढकाल र शाखा प्रबन्धक श्यामहरि खनाल र देवीप्रसाद आचार्यले बताउनुभयो ।

कार्यक्रममा सहभागी सदस्य लक्ष्मी पौडेलले वित्तीय संस्थाहरूले दिने सेवा सुविधा, कर्जा सदुपयोगिताको महत्त्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरूले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरू, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्त्व आदीबारे वित्तीय संस्थाका समाजमा खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

संस्थाकी सदस्य विमला पौडेलले संस्थाको काम कर्तव्य तथा अधिकार, केन्द्रको दायित्व, सामूहिक जिम्मेवारी जस्ता विषयमा जानकारी दिनुभयो ।

संस्थाकी सदस्य लक्ष्मी वि.क.ले वित्तीय संस्थाले कृषि पशुपालन, व्यापार तथा व्यावसायिक क्षेत्रमा लगानी गरी महिला सदस्यहरूलाई उद्यमी बनाएको र अझ थप उद्यमी सिर्जना गरी युवा शक्ति विदेश जानबाट रोक्न अहम् भूमिका खेलेको प्रतिक्रिया दिनुभयो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले विभिन्न शाखा मार्फत साधारण कर्जा, पशुपालन कर्जा, परियोजना कर्जा, लघु उद्यम कर्जा लगायतका कर्जा र व्यवसाय बिमा, दुर्घटना बीमा, स्वास्थ्य बिमा लघु बिमा, गम्भीर प्रकृतिका रोग बिमा, पशुधन बिमा, वाली बिमा लगायताका बिमा सेवा पनि प्रवाह गरिरहेको छ ।

विक्रम संवत् २०६६ सालमा स्थापना भएको डिप्रोक्स लघुवित्तले ७२ जिल्लाका शाखामा १२० वटा शाखा पुर्‍याउने लक्ष्य हालसम्म १ हजार ८ सय जना सदस्य समूहमा आबद्ध गराएको छ भने शाखामा आबद्ध भएका सदस्यहरूले १६ करोड लगानी रहेको संस्थाका शाखा प्रबन्धक श्यामहरि खनालले जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button