तपाईँ सुन्दै हुनुहुन्छः

भेरी नदीमा बेपत्ता बालिकाको शव फेला 

सल्यान । भेरी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएकी बालिका तीन दिन पछि मृत फेला परेकी छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ३ काराकी अन्दाजी १४ वर्षीया गीता वि.क. को शव बनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपातल नजिकै शुक्रवार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बेपत्ता भएको स्थानबाट भन्दा झन्डै ६ किलोमिटर तल भेरी नदी किनार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु भयो ।

बेपत्ता भएकी बालिकाको प्रहरी र स्थानीयले खोजी कार्य गर्दै आइरहेका थिए । खोजी गर्ने क्रममा गीताको बाजे नाता पर्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मङ्गलवार दिउँसो धान कुट्न कारागाउँ जिउला स्थित मिलमा गएको समयमा भेरी नदीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएकी थिइन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button