अछाममा जिल्ला समन्वय समितिको निर्वाचन जेठ २१ गते
अछाम । अछाममा जिल्ला समन्वय समितिका लागि जेठ २१ गते निर्वाचन हुने भएको छ ।
९ सदस्यीय जिल्ला समन्वय समितिको लागि गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुखमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनका तर्फबाट साँफेबगर ८ चण्डीकाका ललित बहादुर कुँवर र नेकपा एमालेको तर्फबाट मङ्गलसेन ६, तेसिंगेका दुर्गा प्रसाद भण्डारीको उम्मेदवारी परेको छ । यी दुवै जना सम्बन्धित वडाको सदस्यमा निर्वाचित हुनुभएको हो ।
उपप्रमुखमा नेपाली काङ्ग्रेसबाट गठबन्धनको तर्फबाट दानमति बम शाही र नेकपा एमालेको तर्फबाट पुतली रावलको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धनको तर्फबाट काँग्रेसले प्रमुख, उपप्रमुखसहित ७ सदस्य लिएको छ भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक ÷एक सदस्यमा उम्मेदवारी दिएको छ ।
१० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ। काँग्रेसले अछाममा सात पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख जितेको छ।
यस्तै, नेकपा एमालेले दुई पालिका प्रमुख र ४ पालिका उपप्रमुख गरी ६ मत सुरक्षित गर्दा माओवादी केन्द्र एक÷एक पालिका प्रमुख र उपप्रमुख गरी २ जना तथा एकीकृत समाजवादीसँग एक पालिका उपप्रमुख छन् । यसरी हेर्दा गठबन्धनसँग १४ मत छन् भने एमालेसँग ६ मत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्