नेपाल टेलिभिजन सबैको रोजाई बन्नुपर्छ: सञ्चार मन्त्री कार्की
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल टेलिभिजन मार्फत नेपाली जनता र विश्व समुदायले नेपालका सबै जातजाति, भाषाभाषी र भूगोलको अनुहार हेर्न पाउनुपर्ने गरी कार्य सम्पादन गर्न नेपाल टेलिभिजनकर्मीहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल टेलिभिजनको ३७ औँ वार्षिकोत्सवको अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले नेपाल टेलिभिजन मुलुकको हरेक भूभागमा पुग्नुपर्ने र सबैको रोजाई बन्नुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले नेपाललाई दक्षिण एसियाकै धनी देशका रुपमा विकास गर्दै लैजानुपर्ने अहिलेको आवश्यकता भएको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले नेपालको हरेक भूभागमा नेपाल टेलिभिजनको प्रसारण पहुँच विस्तार गर्न आफूहरू लागिरहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारबाट भइरहेका सहयोग सराहनीय र उत्प्रेरकका रुपमा रहेको बताउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले समय सन्दर्भ अनुसार नेपाल टेलिभिजनले आफूलाई परिवर्तित गर्दै जनताको रोजाई बन्ने प्रयासमा लागिरहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्