प्रधानमन्त्रीद्वारा दुख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको 9 N-AET कल साइन भएको ट्वीनअटर जहाज दुर्घटना हुँदा निधन भएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुक तथा ट्विटर मार्फत विमानमा सवार सबैको निधन भएको खबरले आफु दुखी भएको उल्लेख गर्नुभएको छ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुखी भएको छु।
— Sher Bahadur Deuba (@SherBDeuba) May 30, 2022
यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्य र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
हिजो पोखराबाट जोमसोमको लागि ९. ५५ बजे उडेको जहाजमा १९ यात्रु र ३ चालक दलका सदस्य सवार थिए ।







प्रतिक्रिया राख्नुहोस्