तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कबिहीन

पोखरा । पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ।

कास्की । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

विमान मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको तारा एयरका पोखरा प्रमुख राम लामिछानेले बताउनुभयो । विमान मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको हो । पोखराबाट जोमसोम १६ मिनेटमा पुग्नेभएपनि १ घण्टादेखि सम्पर्क विहीन भएको उहाँले बताउनुभयो ।  एयरको खोजविहीन भइरहेको  छ ।

विमान प्रभाकर घिमिरेले चलाउनुभएको थियो । उहाँ इन्ट्रक्चर पाइलट हुनुहुन्छ ।  २५ वर्षदेखि उहाँले प्लेन उडाउँदै आउनुभएको थियो । 

सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ । जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button