तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रममाथिको छलफलमा विवाद, प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगित

file photo

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज दोस्रो दिन पनि जारीे छ ।

बैठकको सुरुमै सार्वजनिक महत्वका विषयमा बोल्न विशेष समय माग गर्दै उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेताले प्रयोग गरेका शब्द तथ्यहीन निराधार रहेको भन्दै त्यसप्रति आपत्ति जानाउनुभयो । पेट्रोलियम पदार्थको मूल्यबृद्धि र नेपाल आयल निगमका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताले दिएको अभिव्यक्ति प्रमाण हिन भएको धारणा राख्नुभयो ।

लगत्तै प्रतिपक्ष दलका सांसदहरुले मन्त्री बडुको टिप्पणीप्रति असहमति जनाउदै विरोध गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षीले आफ्नो स्थानबाट उठेर विरोध जारी राखेपछि सभामुख अग्नीप्रसाद सापकोटाले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सभा सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।

प्रतिपक्षीदलको विरोध जारी नै रहेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगीत गरिएको छ ।
आज पनि प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो ।

यसैगरी आजै अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेश गर्नुहुने र विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले समितिको वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button