तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरपालिका हालसम्म १ लाख ४९ हजार ९ सय ४२ मत गणना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा दिउँसो ३ बजेसम्म १ लाख ४९ हजार ९ सय ४२ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाको प्रमुखमा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ ।

उहाँले ५० हजार ३ सय ३९  मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले ३० हजार ९ सय ५४ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३० हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार   सुनिता डङ्गोलले ५४ हजार ९ सय ८१ मत प्राप्त गर्नुभएको छ भने एकीकृत समाजवादी पार्टीका  राजेन्द्र श्रेष्ठले  १८ हजार ६ सय ५५ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button