तपाईँ सुन्दै हुनुहुन्छः

धरानका नवनिर्वाचित मेयर हर्कराज साम्पाङद्वारा पदभार ग्रहण 

सुनसरी । धरान उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार नव निर्वाचित मेयर हर्कराज साम्पाङले आज पदभार ग्रहण गर्नुभएको छ । 

धरानका नवनिर्वाचित मेयर हर्कराज साम्पाङद्वारा पदभार ग्रहणसँगै राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । 

आफ्ना समर्थक सहित उपमहानगरपालिका पुगेका नवनिर्वाचित मेयर साम्पाङले सबैसँग मिलेर धरानको विकास र समृद्धिमा लाग्ने बताउनुभयो । 

पदभार ग्रहणसँगै स्थानीय कर प्रणालीलाई वैज्ञानिक,व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख छन् । 

यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनीत १ जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य रहने उक्त कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरूको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरी सुझाव दिने मेयर साम्पाङले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button