तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको नीति तथा कार्यक्रम मङ्गलवार सङ्घीय संसद्मा पेश हुने

काठमाडौँ । गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलवार सङ्घीय संसद्मा पेश हुने भएको छ ।

file photo

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो ।

मङ्गलवार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक संयुक्त रूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button