षडानन्द नगरपालिकाले ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट बिजयी हुनुभएका नगरप्रमुख सुरेन्द्र कुमार उदासले पद बहाली गर्नुहुँदै पहिलो निर्णय पालिका भित्रका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गर्नुभएको हो ।
नवनिर्वाचित नगरप्रमुख उदासले एम्बुलेन्स खरिद गरी ज्येष्ठ नागरिक, (क) वर्गका अपाङ्गता भएकाहरू, गर्भवती तथा सुत्केरी महिलाहरू, दुर्घटनामा परेर घाइते भएका र अन्य समस्यामा परेका नागरिकहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउदै स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउन यस्तो निर्णय गरिएको बताउनुभयो ।
“भौगोलिक रूपले विकट नगरपालिकाका दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर यस्तो पहिलो निर्णय गरिएको हो ।”, उहाँले भन्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्