तपाईँ सुन्दै हुनुहुन्छः

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी 

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी हुनुभएको छ । 

चार हजार ७६२ मतान्तरसहित उहाँ प्रमुखमा विजयी हुनुभएको हो । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गर्नुभयो । उहाँ लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिनुभएको थियो । 

नेकपा (एमाले)का मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गर्नुभयो । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गर्नुभएको थियो । 

उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गर्नुभयो । 

२० वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button