बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस
लहान । सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार तीन हजार ८४४ मत प्राप्त गरी जसपाका सन्तोषकुमार महतो विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका उपेन्द्रप्रसाद यादवले तीन हजार ५३४ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा काँग्रेसका ममताकुमारी यादव तीन हजार ९९७ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी सियाकुमारी यादवले तीन हजार ४८५ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्