तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार जना घाइते

मकवानपुर । मकवानपुरमा शनिवार साँझ भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याम नजिक सिमखोला पुलमा पीकअप (डिआइ) गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

file photo

दुर्घटनामा घाइते भएका आठ जनामध्ये हेटौँडा अस्पतालमा ल्याइ पुर्याईएका तीन जना र एक जनाको काठमाडौँ स्थित ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

मृतकहरूको सनाखत हुन बाँकी छ । उनीहरूको पहिचानको नखुलेको र तराई मूलका जस्तो देखिने पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेमध्ये चालकसहित ३ जनाको हेटौँडा र एक जनाको काठमाडौँमा उपचार भइरहेको छ ।

वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको डिआइ गाडी दुर्घटनामा परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button