तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा चट्याङ लागेर छोरीको मृत्यु, आमा घाइते

रोल्पा । रोल्पामा शुक्रवार हावाहुरी पानीसँगै परेको चट्याङ लागेर एकल जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चट्याङ लागेर सल्यानको  त्रिवेणी गाउँपालिका वडा नम्बर ३ घर भई रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ४ फूलबारी टोल(झिझा) माइती घर आएकी २७ वर्षीय हिरा चुनारा घाइते भएकी छन् भने उनको ५ वर्षीय छोरी अनुशा पुनको घटनास्थलमै मृत्यु भएको छ ।

अनुशा पुनको आमा हिरा घाइते भएकोले जन सेवा मेडिकल सुलिचौर रोल्पामा उपचार भइरहेको  र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button