मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका बरइ विजयी
भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली काँग्रेसका ज्ञान प्रकाश मिश्रलाई हराउँदै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन् ।
नेपाली काँग्रेसबाट नै मर्चवारीको टिकट पाउने तीव्र चर्चामा रहेका बरई अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।
गया बरईले ४ हजार ३ सय ८४ मत प्राप्त गरे भने पराजित उम्मेदवार ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै उपाध्यक्षमा पनि जनता प्रगतिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन ।








प्रतिक्रिया राख्नुहोस्