गोरखाका जनप्रतिनिधिहरूद्वारा पद तथा गोपनीयताको शपथ
गोरखा । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गोरखाका जनप्रतिनिधिहरूले शपथ लिनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले निर्वाचित जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । चुमनुब्री गाउँपालिका बाहेक जिल्लाका सबै स्थानीय तहका प्रमुख शपथ ग्रहण कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

स्थानीय सत्ताको जिम्मेवारीमा पुग्नुभएका नवनिर्वाचित जनप्रतिनिधिहरूले जनतालाई गाउँ सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बरालले जनताको चाहना र भावनालाई शिरोपर गर्दै काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले पनि पालिकामा खटिएका निर्वाचन अधिकृतबाट संयुक्त रुपमा शपथ लिनुभएको मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्