काभ्रेमा १० वटा स्थानीय तहको मतगणना सम्पन्न
काभ्रेपलान्चोक । जिल्लाका १३ मध्ये १० स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र चौँरी देउराली गाउँपालिकाको मत गणना कार्य सम्पन्न भइसकेको छ ।
नमोबुद्ध नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भएका छन् ।
बनेपा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका शान्ति शाक्य तथा उप–प्रमुखमा नेकपा एमालेकी विमला सापकोटा दाहाल विजयी भएकी छन् ।
मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी भएका छन् भने उप–प्रमुखमा काँग्रेसका विष्णुमणि नेपाल ।
चौँरी देउराली गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई अध्यक्षमा तथा उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसको उम्मेदवार शेर बहादुर लामा निर्वाचित भएका छन् ।
खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा काँग्रेसका दोर्जेमान जिम्वा विजयी भएका छन् ।
भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्रमान तामाङ विजयी भएका छन् ।
रोशी गाउँपालिकाको अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइबा विजयी भएका छन् । लामाले एमालेका देवसागर लामालाई पराजित गरेका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रका मीमबहादुर विजयी भएका छन् ।
पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बन्जारा विजयी भएका छन् ।
बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भगवान् अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना विजयी भएका छन् ।
तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट चन्द्र लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रबाट दलमान थोकर ।







प्रतिक्रिया राख्नुहोस्