तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापका नवनिर्वाचित प्रमुख/अध्यक्षद्वारा शपथ

रामेछाप । रामेछापका नवनिर्वाचित प्रमुख/अध्यक्षहरूले शपथ लिएका छन् ।

जिल्लाका आठ वटा स्थानीय तहका निर्वाचित नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षहरूले शुक्रवार सदरमुकाम मन्थलीमा आयोजित औपचारिक कार्यक्रमबिच शपथ तथा निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टको उपस्थितिमा रामेछापका जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीले निर्वाचित जनप्रतिनिधिहरूलाई शपथ गराउनुभएको थियो ।

शपथ ग्रहण समारोहमा जिल्ला न्यायाधीश ओलीले दलका प्रतिनिधिले नागरिकको पक्षमा राम्रो काम गर्नका लागि पनि सुझाव दिनुभयो ।

शपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत भट्टले जनप्रतिनिधिले नमुना काम गरेको सुन्न र देख्न चाहेको भन्दै मतदाता, राजनीतिक दल, प्रशासन सुरक्षा बल, नागरिक समाजको समेत सहयोगका कारण निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद पनि दिनुभयो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रमुखहरूको तर्फबाट मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सबै पक्ष र राजनीतिक दलहरूसँग समन्वय गरी विकासको काममा लाग्ने कुरामा आफू प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button