तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा जसपा विजयी 

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी हुनुभएको छ ।

प्रमुखमा भिमराजले ४ हजार ८१७ र उपप्रमुखमा इसरत प्रविणले २ हजार ८३७ मतान्तरले निर्वाचित हुनुभएको हो ।

प्रमुखमा निर्वाचित यादवले ९ हजार ६२४ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ४ हजार ८०७ प्राप्त गर्नुभयो । 

त्यस्तै उपप्रमुखमा निर्वाचित इसरतले कुल ७ हजार २६४ मत प्राप्त गर्नुभयो । उपमेयर पदकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शुशिलाकुमारी यादवले ४ हजार ४२७ मत प्राप्त गर्नुभएको छ । 

कुल १६ वडा रहेको राजविराज नगरपालिकामा जसपाले वडा नम्बर १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले वडा नम्बर ७, ८ र १०, लोसपाले वडा नम्बर ६ र १३ को वडा अध्यक्षमा विजय भएको छ । नेकपा (एमाले) ले वडा नम्बर १४, नेकपा (एस)ले वडा नम्बर १२ र राप्रपाले वडा नम्बर १३ को वडा अध्यक्षमा विजय भएको छ ।

मुख्य सबै दलको प्रतिनिधित्व भएको नगरपालिकाको नगर कार्यसमितिमा काँग्रेसको प्रतिनिधित्व हुन सकेको छैन । प्रमुख, उपप्रमुखमा सम्मानजनक मत पाए पनि आन्तरिक विवाद र टिकट वितरणमा पक्षपात भएको भन्दै कार्यकर्ताबाटै वडा अध्यक्षमा असहयोग भएपछि काँग्रेसले एउटै वडा अध्यक्ष जित्न नसकेको काँग्रेसका कार्यकर्ताहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button