तपाईँ सुन्दै हुनुहुन्छः

ईश्वरपुर प्रमुखमा आचार्य र उपप्रमुखमा चौधरी निर्वाचित

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि नेपाली काँग्रेसले जित निकालेको छ ।  नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मनोज कुमार आचार्यले ८४८० मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ५९६० मत मात्र प्राप्त गर्नुभएको छ । 

त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकै उम्मेदवार रंजिता देवी चौधरीले ८२६८ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका उम्मेदवार एकावती देवी चौधरीले भने ६३५३ मत प्राप्त गरेको छ । 

यो सँगै सर्लाहीमा १८ पालिकाको नतिजा सार्वजनिक भएको छ भने ११ पालिकामा नेपाली काँग्रेसले जित निकालेको छ, ४ पालिकामा माओवादी, २ पालिकामा जसपा र १ पालिकामा लोसपाले जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button