तपाईँ सुन्दै हुनुहुन्छः

बाराको फेटामा विवेकशील साझा पार्टीका उम्मेदवार विजयी

बारा । बारा जिल्लाको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीका उम्मेदवार रुस्तम मिया पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । योसँगै विवेकशील साझाले खाता खोल्न सफल भएको छ ।

उहाँले ४ हजार ४८५ मत ल्याई सो पालिकाका निवर्तमान अध्यक्षलाई २ हजार ८६ मतान्तरले हराउँदै जित हासिल गर्नुभएको हो । नेकपा एमालेका उम्मेदवार अमिरीलालले २ हजार ३ सय ९९ मत प्राप्त गर्नु भएको छ । 

नेपाली काँग्रेसबाट मियालाई अध्यक्षको टिकट दिए पनि वडाको टिकट आफू अनुकूल दिन नमाने पछि विवेकशील साझा पार्टीबाट प्यानल बनाई उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

उपाध्यक्षमा विवेकशील साझा पार्टीकै निलम साहले ३ हजार ५ सय ७ ० मत ल्याई विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले कि उम्मेदवार कमरुन खातुनले २ हजार ३ सय ३३ मत प्राप्त गर्नु भएको थियो । 

निवर्तमान अध्यक्षलाई जसपाले टिकट नदिएपछि उहाँ पनि एमालेमा प्रवेश गरी चुनावमा होमिनु भएको थियो । तत्कालीन फोरम नेपालबाट २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएका कमरुन खातुन सोही पार्टीबाट उपाध्यक्षमा निर्वाचित  हुनुभएको थियो । 

यसैबीच विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले फोन मार्फत बधाई दिनु भएको छ । पत्रकारहरू सँग संक्षिप्त कुरा गर्दै विजयी अंसारीले जनताले दिएको अभिभारा निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेटाको मुहार फेर्ने गरी काम गर्ने भन्दै ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो । 

भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने मेरो पहिलो कर्तव्य हुनेछ भने बिना झनझन यहाँका जनताको कामकाज छिटो छरितो गर्ने व्यवस्था मिलाउने गरी काम गर्ने अंसारीले बताउनुभयो ।       

प्रतिक्रिया राख्नुहोस्

Back to top button