तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको गुठिचौरमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा समाजवादी विजयी

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर बुढा विजयी हुनुभएको छ । निर्वाचित बुढाले  १७७५ मत ल्याएर विजयी बन्नुभएको हो । उहाँका प्रत्याशी एकीकृत समाजवादीका जनक थकाली पराजित भएका छन्।  समाजवादीका थकालीले १६०४ मत ल्याउनु भएको थियो ।

यस्तै, उपाध्यक्षमा भने एकीकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी हुनु भएको छ । । भण्डारीले १५०३ मत ल्याउँदा उहाँकी  निकटतम प्रतिस्पर्धी माओवादीकी राजकन्य बुढाले १२१४ मत ल्याउनु भएको निर्वाचन अधिकृतको कार्यालय गुठिचौर जनाएको छ ।

गुठिचौरमा २०७४ सालमा नेकपा (मा‌ओवादी  केन्द्र) का हरिबहादुर भण्डारी अध्यक्ष र जानदेवी ऐडि उपाध्यक्षमा निर्वाचित भएका थिए । यस पटक भने माओवादी तेस्रो भएको छ ।

गुठिचौरको नतिजा आएसँगै जुम्लाका सबै पालिकाको मतगणना सकिएको छ । भने जेठ ६ गते शुक्रवार निर्वाचित ८ स्थानीय तहका प्रमुखको शपथ ग्रहण कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button