मधेस प्रदेशका प्रमुख सचेतकबाट राजीनामा दिएका कुशवाहा नगरप्रमुखमा पराजित
जनकपुरधाम । मदेसको प्रदेशको प्रदेश सभामा नेपाली काँग्रेसका सचेतक पदबाट राजीनामा दिनुभएका उपेन्द्र प्रसाद कुशवाहा सर्लाही जिल्लाको गोडैता नगरपालिकाको प्रमुख पदमा पराजित हुनु भएको छ ।
उक्त पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र कुमार यादवले कुशवाहालाई पराजित गर्दै निर्वाचित हुनु भएको छ । सचेतक पदबाट राजीनामा दिएर नगरप्रमुखमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिनु भएका कुशवाहा ५ सय ४२ मतले पराजित हुनु भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयर पदमा निर्वाचित हुनु भएका देवेन्द्र कुमार यादवले ५ हजार २ सय ९४ मत प्राप्त गर्नु भएको छ भने कुशवाहाले ४ हजार ७ सय ५२ मत प्राप्त गर्नु भएको छ ।
उहाँले मधेस प्रदेशमा नेपाली काँग्रेसको सचेतक पदबाट वैशाख १० गते राजीनामा दिएर गाडैता नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
यसैगरि गोडैता नगरपालिकाको उपमेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टीका अञ्जना कुशवाहाले ५ हजार ३ सय १ मत सहित निर्वाचित हुनु भएको छ । उपमेयर पदका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामसखी देवीले ४ हजार ४ सय ९३ मत प्राप्त गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्