बर्दियाको मतगणना सम्पन्न : नेपाली कांग्रेस ५, माओवादी २ र एमाले १ पालिकामा विजयी
बर्दिया । बर्दियामा बढैयाताल गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । ८ ओटा पालिका अन्तर्गत ६ नगरपालिका ,२ गाउँपालिका र ७५ वडामा स्थानीय तहको अन्तिम मत गणना सम्पन्न भएको छ । ८ वटा पालिका अन्तर्गत ५ वटा पालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने २ स्थानमा नेकपा माओवादीले विजय हासिल गरेको छ यस्तै १ पालिकामा नेकपा एमाले विजयी भएको छ ।
बर्दिया जिल्लाको ६ नगरपालिका र दुई गाउँपालिका गरी कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेका थिए भने ३७१ मतदान केन्द्र रहेको थियो । निर्वाचन सोहार्दपुर्ण र शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्ण बहादुर कुवरले बताउनु भएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी भएका छन् । माओवादी केन्द्रका हिमालय त्रिपाठी ९ हजार ३ सय ६७ मत सहित अध्यक्ष पदमा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लाल बहादुर श्रेष्ठले ८ हजार ३ सय ८ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा एमालेकी लक्ष्मी कुमारी अधिकारीले ८ हजार ८ सय ८५ मत सहित विजय हुनु भएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार पवित्रा अर्याल ८ हजार ३ सय १५ मत प्राप्त गर्नु भएको छ ।
गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका मुक्तिनाथ यादवले ७ हजार ९ सय ८९ मत ल्याई विजयी हुनु भएको छ । वहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८ सय ११ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसकी सावित्रा गौतमले ८ हजार २ सय ७ मत ल्याई नगर उपप्रमुखमा विजय हुनुभएको छ भने नेकपा एमालेकी टिका कुमारी शम्सेली मगरले ७ हजार ४सय ६२ मत प्राप्त गर्नु भएको छ ।
मधुबन नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार तेज बहादुर भाट विजयी हुनु भएको छ । ८ हजार ७ सय ७५ मत प्राप्त गरी भाट विजयी हुनु भएको हो । माओवादी केन्द्रका लक्ष्मी प्रसाद शर्माले ७ हजार ९ सय ३१ मत मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसकी उप प्रमुखमा अनिता चौधरीले ८ हजार ३ सय ३५ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम माओवादी केन्द्रकी सुभद्रा थारुले ७ हजार ८ सय ९९ मत प्राप्त गर्नु भएको छ ।
बारबर्दिया नगरपालिकामा नेपाली काँग्रेसका छविलाल थारुले १३ हजार ६ मत प्राप्त गरी विजयी हुनु भएको छ भने एमालेका पदम प्रसाद ढकालले १० हजार ३ सय ५१ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसकी उप प्रमुखमा रत्न कुमारी पाण्डेले १२ हजार ४ सय ९१ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम एमालेकी नारायणी चौधरीले १० हजार ८ सय ५५ मत प्राप्त गर्नु भएको छ ।
ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । नेपाली काँग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८ सय १८ मत मत प्राप्त गर्नु भएको छ । उपमेयरमा नेकपा एमालेका विना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत मत प्राप्त गर्नु भएको छ ।
गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका जमानसिंह केसी विजयी भएका हुनु भएको छ केसीले ७ हजार ६ सय ९८ मत प्राप्त गर्नु भएको छ । नेकपा माओवादीका विश्व बहादुर थारुले ६ हजार ६ सय २० मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष पदमा काँग्रेसकी लक्ष्मी कुमारी चौधरीले ७ हजार १ सय ५३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी लीला चौधरीले ६ हजार ५ सय ८३ मत प्राप्त गर्नु भएको छ ।
राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपेश थारु र उपप्रमुखमा मनकला कुमारी चौधरी विजयी हुनु भएको छ । माओवादी केन्द्रका दीपेश थारुले ९ हजार ८सय ७ मत प्राप्त गर्नु भएको छ । ने का का दिपक जङ्ग शाहले ९ हजार ७ सय ६० मत गर्नु भएको छ ।उपप्रमुख पदमा माओवादी केन्द्रकी मनकला चौधरीले १० हजार ८६ मत प्राप्त गरी नेपाली काँग्रेसकी यशोदा थारुलाई पराजित गर्नु भएको छ । काँग्रेसकी थारुले १० हजार ४५ मत प्राप्त गर्नु भएको छ ।
बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका खडक बहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी हुनु भएको छ । खड्काले १० हजार ९ सय ४७ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओवादी केन्द्रका भवन कुमार थारुले ९ हजार ७ सय ६३ प्राप्त गर्नु भएको छ । उपप्रमुख पदमा एमालेकी इन्दिरा चौधरीले ११ हजार ३५ मत प्राप्त गर्नु भएको छ । माओवादीकी भूमि बिटालुले ८ हजार २ सय ३८ मत प्राप्त गर्नु भएको छ ।
बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी भएको छ । माओवादी केन्द्रका हिमालय त्रिपाठी ९ हजार ३ सय ६७ मत सहित अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लाल बहादुर श्रेष्ठले ८ हजार ३ सय ८ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा एमालेकी लक्ष्मी कुमारी अधिकारीले ८हजार ८ सय ८५ मत सहित विजय हुनु भएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार पवित्रा अर्यालले ८ हजार ३ सय १५ मत प्राप्त गर्नु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्