सर्लाहीको गोडैतामा लोसपा विजयी

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ । गोडैताको जित सँगै सर्लाहीमा लोसपाले खाता खोलेको छ। गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पुनः मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अञ्जना कुशवाहा विजयी हुनुभएको छ ।
नगर प्रमुखमा निर्वाचित यादवले ५ हजार २ सय ९४ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा कुशवाहाले ५ हजार ३ सय १ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नगर प्रमुख यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्र प्रसाद कुशवाहाले ४ हजार ७ सय ५२ मत प्राप्त गर्नुभयो । त्यस्तै उप प्रमुख कुशवाहाको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामशखी देवीले ४ हजार ४ सय ९३ मत प्राप्त गर्नुभयो ।
नगर प्रमुखमा पराजित भएका कुशवाहा यस अघि मधेस प्रदेशका प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । मेयरमा जित्ने अटुट विश्वासले प्रदेश सांसदबाट राजीनामा दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्