तपाईँ सुन्दै हुनुहुन्छः

मोरङको बूढीगङ्गामा कांग्रेस विजयी

मोरङ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मत परिणाम आज सार्वजनिक भएको छ ।

पालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बलभद्र सरदार थारुले सात हजार ८८० मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा काँग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५० मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी एमालेका तुलसीकुमारी कुँवरले छ हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।

विगतमा एमालेको वर्चस्व रहेको सो पालिकामा यस वर्षको निर्वाचनमा पाँच वडामा वडाध्यक्ष पदमा कांग्रेस, एमाले र अर्कोमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जित हासिल गरेका छन् । जिल्लामा अब नौ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button