शम्भुनाथ नगरपालिकामा एसका जितेन्द्रप्रसाद गुप्ता निर्वाचित
राजविराज। सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित हुनुभएको ।
नगरप्रमुखमा ५ हजार ३९२ मत प्राप्त गरी जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपेन्द्र चौधरीले ४ हजार १ सय ४३ मत प्राप्त गर्र्नुयो ।
यसैगरी उपप्रमुखमा समाजवादीकै अनिता चौधरी ४ हजार ९ सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जलपनाकुमारी सरदारले ४ हजार २ सय ७१ मत प्राप्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्