बैतडीको पुर्चौडी नगरपालिकामा काँग्रेस उम्मेदवार विजयी
बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस उम्मेदवारहरू विजयी भएका छन् ।
नगर प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक ब. वमले ५८८० मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्ण ब. कुवरले ३९६५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपप्रमुखमा नेपाली काङ्ग्रेसकी मिना धानुकले ५२०० मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँकी निकटतम नेकपा एमालेकी जानकी बोहरा साउँदले ४६१२ मत प्राप्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्