तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा माओवादी ७, कांग्रेस २ र एमाले एक पालिकामा विजयी

रोल्पा । रोल्पाका दस वटै पालिकाको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका छन् । 

रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्ती प्रमुखमा विजयी हुनुभएको छ । 

थापाघर्तीले सात हजार ६३० ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर थापाले तीन हजार ६५८ मत ल्याउनुभयो । उपप्रमुखमा गीता आचार्यले सात हजार ७४१ मत ल्याएर विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले तीन हजार ७१९ प्राप्त गर्नुभएको छ । 

थबाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर अध्यक्षमा र उपाध्यक्षमा शर्मिला बुढामगर विजयी हुनुभयो । ऋषिकेशव दुई हजार १२२ मतसहित निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी दर्जित रोकामगरले एक हजार ५०६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा शर्मिला बुढामगर दुई हजार १२२ मतले निर्वाचित हुनुभयो । 

सुनिल स्मृति गाउँपालिकामा छ हजार ६२ मत ल्याई मणिराम बुढाथोकी विजयी हुनुभयो । उपाध्यक्षमा मीना थापाले छ हजार ३७ मत ल्याएर निर्वाचित हुनुभयो । सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर पुनमगर तीन हजार ४३९ मतका साथ विजयी हुनुभयो भने उपाध्यक्षमा ननकला घर्ती मगर तीन हजार ४९२ मत प्राप्त गरी निर्वाचित हुनुभयो । 

माडी गाउँपालिकामा अमरसिंह घर्ती तीन हजार ८३० मतसहित विजयी बन्नुभयो । उपाध्यक्षमा जयपुरी घर्ती तीन हजार ९६६ मत प्राप्त गरी निर्वाचित हुनुभयो । त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कणर्बहादुर बाँठामगर पाँच हजार ८५ मत लिई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रेशम पुन चार हजार ४६३ मत ल्याएर पराजित हुनुभयो । उपाध्यक्षमा काँग्रेसका लेखमणि खड्काले चार हजार ५७६ मत ल्याई विजयी हुनुभयो । 

त्यसैगरी गङ्गादेव गाउँपालिकामा नेपाली काँग्रेसका हरिबहादुर पुनमगरले अध्यक्षमा दुई हजार ५५७ मतका साथ अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उपाध्यक्षमा अमृता केसी वली दुई हजार ९०९ मतका साथ विजयी हुनुभयो । 

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको एउटा पालिकामा खुम्चिएको काँग्रेसले यस पटक दुई पालिका जितेको छ । एमाले र माओवादीले जितेका पालिकामा यसपालि काँग्रेसले जित निकालेको हो । 

यस पटकको रुन्टीगढी गाउँपालिका एमालेले गुमाएको छ । माओवादी केन्द्र र समाजवादीले केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा एमाले, कांग्रेस, विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button