तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीमा नगरपालिकामा माओवादी केन्द्र विजयी

सर्लाही । सर्लाहीको बागमती नगरपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जितेको छ । नगरपालिका प्रमुखमा पुनः भरत कुमार थापा र उपमेयरमा लीला कुमारी मोक्तान विजयी हुनुभएको हो ।

नगर प्रमुखमा निर्वाचित थापाले ११ हजार ३ सय ५७ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा मोक्तानले १० हजार ८ सय ७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बिकाऊ यादवले जानकारी दिनुभयो । थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टङ्क बहादुर बस्नेतले ७ हजार ३ सय ६८ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा मोक्तानकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सरिता घिसिङले ७ हजार ७ सय ५ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button