कैलालीका ४ वटा पालिकाको मतगणना सम्पन्न
टीकापुर, कैलाली । कैलालीका १३ वटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाका चुरे, वर्दगोरीया र मोहन्याल गाउँपालिका र गोदावरी नगरपालिको मतगणना सम्पन्न भएको छ ।
आज मतगणना सम्पन्न भएको गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका वीरेन्द्र भट्ट र उप–प्रमुखमा नेकपा एमालेकी शारदा देवी रोकाया विजयी हुनु भएको छ । यस्तै मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीदत्त उपाध्याय र उपाध्यक्षमा नेपाली काँग्रेसका कमल साउँद विजयी हुनु भएको छ ।
यस अघि मत गणना सम्पन्न भएको वर्दगोरीया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशराज गिरी विजयी हुनु भएको छ ।
यस्तै चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका चक्रबहादुर बोगटी र दिपादेवि साउँद विजयी हुनु भएको छ । अन्य ९ वटा पालिकाको मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्