तपाईँ सुन्दै हुनुहुन्छः

लिखुको अध्यक्षमा काँग्रेसका अशोक र उपाध्यक्षमा एमालेकी अस्मिता विजयी

ओखलढुङ्गा।ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा काँग्रेसका अशोक कार्की विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार मिलन बिष्टलाई २ सय ८४ मतान्तरले पराजित गर्दै काँग्रेसका कार्की विजयी हुनुभएको हो । कार्कीले ३ हजार ७ सय ७६ मत ल्याएर विजयी हुँदा बिष्टले ३ हजार ४ सय ९२ मत प्राप्त गर्नुभयो ।

उप–प्रमुखमा एमाले उम्मेदवार अस्मिता थापा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेपाली काँग्रेसकी उम्मेदवार प्रेम कुमारी दाहाललाई १ हजार ३३ मतले पछि पार्दै थापा निर्वाचित हुनुभएको हो । थापाले ४११६ मत ल्याउँदा दाहालले ३०८३ मत ल्याउनुभयो ।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादीका एकिन्द्रराज कट्वालले ९३३, एकीकृत समाजवादीका नेत्रप्रसाद भटराईले १६०, मंगोलनेश्नल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका जुद्धवीर पौडेल र स्वतन्त्र उम्मेदवार राजन सुवेदीले १०/१० मत ल्याउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button