धनुषाको विदेहमा नेकपा एमालेका मेयर तथा उपमेयर निर्वाचित
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।
मेयरमा वेचन दास तत्मा ४ हजार ४ सय १२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एकीकृत समाजवादीका राज किशोर रोहिता यादव ३ हजार ४ सय २६ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा एमालेकै आशादेवी झा ४ हजार ६ सय ५९ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एकीकृत समाजवादीका सन्जना अधिकारी २ हजार ८ सय ७० ल्याउनुभएको निर्वाचन अधिकृत अनुज भण्डारीले जानकारी दिनुभएको छ ।
विदेह नगरपालिकामा रहेको ९ वडामध्ये ५ वटामा नेकपा एमाले, २ वटामा नेपाली काँग्रेस, १ वटामा नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादीका १ वटा वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।
धनुषामा अहिलेसम्म पाँच वटा स्थानीय तहको मत परिणाम आएकोमा नेकपा एमालेले दुई, काँग्रेसले दुई तथा जनता समाजवादी पार्टी नेपालले १ वटा स्थानीय तहमा विजय हासिल गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्