काँग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
सामाजिक व्यक्तित्व देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।
पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । काँग्रेसले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
स्व प्रेमबहादुरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्