दाङको शान्तिनगरमा बस्नेत र बुढाथोकी विजयी

दाङ । दाङको शान्तिनगरमा नेपाली काङ्ग्रेसले दोस्रो पटक पनि विजयी भएको छ । २०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा पनि विजयी हासिल गरेको काङ्ग्रेसले दोस्रो पटक जित हासिल गरेको हो ।
शान्तिनगरमा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले ५ हजार ७१६ मतसहित विजयी हुनुभएको हो भने उपाध्यक्ष पदमा प्रेमा बुढाथोकीले ५ हजार ७५० मत ल्याएर निर्वाचित हुनुभयो ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार विष्णु केसीले ४ हजार ५२४ ल्याउनुभयो भने उपाध्यक्ष कमला भण्डारीले ४ हजार २८ मत ल्याउनुभयो ।
त्यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उम्मेदवार मोहन वलीले २ हजार ७ हजार ९४ र उपाध्यक्ष पदका उम्मेदवार राधिका परियारले ३ हजार ८३ मत ल्याउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्