तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको जनक नन्दनीमा अध्यक्षमा जसपा र उपाध्यक्षमा काँग्रेसका निर्वाचित

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिपिन देव यादव विजयी हुनु भएको छ । उहाँले ३ हजार १ सय ५७ मतसहित विजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुरेश चौधरीले २ हजार ७ सय ७८ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत ठूलो बाबु दाहालले जानकारी दिनु भयो।

यसै गरी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका कमला सहगलले २ हजार ९ सय ९८ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका गिता सुढीले २ हजार ८ सय ४० मत ल्याउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button