तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी 

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो । 

मेयरमा काँग्रेसका प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी मनोज प्रधानलाई १ हजार १ सय ९० मतको अन्तरले पराजित गर्नुभएको हो ।  प्रधानले ४ हजार ९ सय ३७ मत ल्याएका छन् । २०७४ को स्थानीय चुनावमा प्रधान राप्रपाबाट उठ्नुभएको थियो ।  

यस्तै उपमेयरमा काङ्ग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले ४ हजार ५ सय ९५ मत ल्याउनु भएको छ ।

१५ वडा रहेको नगरपालिकामा वडा न १,२,३,५,६,८,११,१४ मा कांग्रेस विजयी भएको छ भने वडा न ४,१०,१२,१३, र १५ मा एमाले निर्वाचित भएका छ । माओवादी केन्द्रले वडा न ७ र एकीकृत समाजवादीले वडा न ९ जितेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button