तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुमा नेपाली  कांग्रेस विजयी

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली  कांग्रेस विजयी भएको छ । 
गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी हुनुभएको हो  । शेर्पाले ५३८५ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार दावा लामा ह्योल्मोलाई ७८२ मतान्तरले पछि पार्दै शेर्पाले जित हात पार्नुभयो । उहाँ यस अघि पनि अध्यक्ष हुनुहुन्थ्यो । काँग्रेसका निमा ग्याल्जेन शेर्पाले ५ हजार ३ सय ८६ मत प्राप्त गरेका थिए भने एमालेका दावा लामाले ४ हजार ६ सय ४ मत प्राप्त गर्नुभयो  ।

यस्तै उपाध्यक्षमा अप्सरा लामिछाने विजयी हुनुभएको छ । उहाँले ५२१४ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार गङ्गा अर्याल खड्कालाई ७४३ मतान्तरले पछि पार्दै उहाँले जित हात पार्नुभयो ।लामिछानेले ५ हजार २ सय १४ मत प्राप्त गर्नुभएको थियो भने खड्काले ४ हजार ६ सय ७१ मत प्राप्त गर्नुभयो ।
जम्मा ७ वटा वडा रहेको हेलम्बुमा नेपाली काँग्रेसले १, २, ४, ५ र ७ गरी ५ वटा वडा जितेको छ भने एमालेले ३ र ६ गरी दुई वटा वडा जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button